सर्वोच्चको पुनरवलोकन आदेशपछि शर्मा : ‘विचलित नहोऔँ, १५औँ महाधिवेशनको तयारीमा जुटौँ’
ratopati.com · Fri Aug 07 15:49:28 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा विगतको फैसला पुनरवलोकन गर्ने आदेश दिएपछि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नेता तथा कार्यकर्तालाई संयमित हुन आग्रह गरेका छन्।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा चयन भएका थिए। सोही कार्यसमितिको वैधतामाथि सर्वोच्च अदालतले पुनः परीक्षण गर्ने निर्णय गरेपछि उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन्। अदालतको पछिल्लो कदमले पार्टीका लाखौँ सदस्य र शुभचिन्तकमा केही हलचल र चिन्ता उब्जाएको भए पनि नआत्तिन उनले सबैलाई अनुरोध गरेका छन्।
Read full story at source (ratopati.com)