बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ
aarthiknews.com

बाँके । यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, श्रीमती शुभेच्क्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुनेछ । पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ ।
Read full story at source (aarthiknews.com)