पेटभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित एक युवक पक्राउ
barnanmedia.com · Fri Aug 07 15:38:09 GMT 2026

कञ्चनपुरको गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएको ७.७५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विक रहेका छन् । प्रहरीले बिहीबार साँझ भीमदत्त नगरपालिका–११, गड्डाचौकीमा उनलाई रोकी जाँच गरेको थियो ।
Read full story at source (barnanmedia.com)