आफ्नै सांसदको घेराबन्दीमा बालेन सरकार!
himalpress.com · Fri Aug 07 15:57:45 GMT 2026

काठमाडौँ- केही दिनअघि नेपाल आयल निगमले पश्चिम एसियाको तनाव कम भएपछि उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउने घोषणा गर्यो। तर व्यवहारमा भने बजारमा ग्यासको चरम अभाव देखिएको छ। एउटा सिलिन्डर ग्यासका लागि उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ भने सर्वसाधारण ग्यासको खोजीमा भौँतारिन बाध्य छन्।
यही अवस्थालाई लिएर शुक्रबार प्रतिनिधिसभामा सरकारमाथि प्रश्नको वर्षा भयो। विपक्षी दलका सांसदहरूले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए भने सरकारकै नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत राज्य सञ्चालनको शैली र सेवा प्रवाहप्रति असन्तुष्टि जनाए।
Read full story at source (himalpress.com)