बाढी प्रभावितलाई ३ करोड रुपैयाँ भन्दा बढीको औषधी सहयोग
ratopati.com · Mon Aug 31 12:39:08 GMT 2026

काठमाडौँ। नेपाल औषधि आयातकर्ता सङ्घले भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यको अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
सङ्घले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई सोमबार राहत तथा उद्धारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका औषधिहरूमा मन्त्रालयको सूची बमोजिम कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टीरेबिज भ्याक्सिन र प्यारासिटामोल इन्जेक्सन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू समावेश रहेका छन्।
Read full story at source (ratopati.com)