इरानका सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर : इजरायली मिडिया
ratopati.com · Fri Aug 07 17:05:16 GMT 2026

काठमाडौँ । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दावी गरेका छन् ।
च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्ट अनुसार, खामेनी ‘अत्यन्त गम्भीर अवस्था’ मा रहेको अफवाह शासनका उच्चतम तहमा व्यापक रूपमा फैलिरहेको छ । च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसूद पेजेश्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ ।
Read full story at source (ratopati.com)