६९ दिन जमिनमुनि बाँचेका ३३ मजदुर, रसुवाका लागि अझै जीवित छ आशा
ratopati.com · Mon Aug 31 12:45:00 GMT 2026

कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जनजीवन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक सङ्कटलाई विपद् भनिन्छ। विपद् एउटा सामान्य घटना होइन, यसले मानिसको जीवन, परिवार, सम्पत्ति र भविष्यलाई एकैपटक अन्धकार बनाउँछ। कुनै प्रकोपका कारण मानवीय तथा आर्थिक क्षति नभएको अवस्थामा त्यसलाई प्रकोपका रूपमा बुझिन्छ भने जनधनको क्षति र जनजीवनमा गम्भीर असर परेपछि त्यही प्रकोप विपद्मा परिणत हुन्छ।
नेपाल बहुप्रकोपको उच्च जोखिममा रहेको देश हो। भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, शीतलहर, हिमपहिरो, भारी वर्षा, हावाहुरीलगायतका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटना यहाँ हुने गरेको पाइन्छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, शीतलहर, हिमपहिरो, सडक तथा हवाई दुर्घटनालगायतका घटनालाई प्रमुख विपद्का रूपमा लिँदै आएको छ। भौगोलिक बनोट, कमजोर भू–संरचना, जलवायु परिवर्तन तथा अव्यवस्थित विकासका कारण नेपालमा पछिल्लो समय विपद्का घटना बढ्दै गएका छन्।
Read full story at source (ratopati.com)