विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन
gorkhapatraonline.com · Mon Aug 31 12:48:46 GMT 2026

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। ठुला गोदामहरूको अनुगमन गर्दै यादवले उक्त निर्देशन दिनुभएको हो ।
सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपद्को समयमा बजारमा कृत्रिम मूल्य वृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुयो ।
Read full story at source (gorkhapatraonline.com)