‘६ दिन ६ वर्षजस्तै भयो, एउटा फोन कल मात्र सुनाइदेऊ भगवान्’
annapurnapost.com · Mon Aug 31 12:46:18 GMT 2026

जनकपुरधाम : छ दिन भयो, घरको मूल खम्बा ढलेजस्तै गरी ३० वर्षीय इन्जिनियर अजय प्रसाद सिंह वेपत्ता भएको। तर, एउटी श्रीमतीका लागि यी छ दिन छ वर्षभन्दा पनि लामो र भयंकर लाग्दैछ। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परेर अजय प्रसाद सिंह सम्पर्क विहीन भएदेखि धनुषा, जनकपुरधाम उप–महानगरपालिकाकी पुजा साहको आँखा रुँदारुँदै सुकिसकेको छ। आँसु सुके पनि हृदयको कुनामा उब्जिएको आशाको किरण भने अझै निभेको छैन्।
आँगनमा आफन्त वा छरछिमेक कसैको पाइला पर्ने बित्तिकै पुजा झस्किन्छिन–सायद श्रीमान्को कुनै खबर लिएर कोही आयो कि ! घर–आँगनमा मानिसहरुको बाक्लो उपस्थिति छ। छिमेकी, आफन्त तथा इष्टमित्र निरन्तर ओर्लिइरहेका छन् । तर, सबैको मुखबाट एउटै प्रश्न दोहोरिन्छ, ‘अजयको केही खबर आयो ? घरआँगन उस्तै छ, वातावरण उस्तै छ, तर त्यहाँ अजय छैनन्। साँझ पर्नेबित्तिकै बत्ती बल्छ, तर पुजाका लागि त्यो उज्यालो पनि अन्धकारमय प्रतीत हुन्छ। दिन–रात भगवानसँग हात जोडेर हारगुहार गर्छिन् पुजा, तर कुनै पनि माध्यमबाट अजयको खबर आउँदैन। सान्त्वना दिन आउनेहरु सबैको एउटै जवाफ हुन्छ, ‘सबै ठीक हुन्छ, हिम्मत नहार !’
Read full story at source (annapurnapost.com)