समृद्ध नेपालका लागि आत्मसमीक्षा र प्रभावकारी कार्यान्वयन आवश्यक: सुहाङ नेम्वाङ
ratopati.com · Fri Aug 07 19:40:04 GMT 2026

कतार। नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले समृद्ध नेपालको आधार समस्या लुकाउने प्रवृत्तिमा नभई यथार्थ स्वीकार, प्रभावकारी कार्यान्वयन, आत्मसमीक्षा, नैतिक नेतृत्व र जनउत्तरदायी राजनीतिमा रहेको बताएका छन् ।
प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार दोहास्थित वेस्ट बेको सेन्ट्रा हलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सांसद नेम्वाङले मुलुकमा निराशा फैलाउने नभई आशा, विश्वास र परिणाममुखी राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । ‘जनतालाई सपना देखाउनु मात्र पर्याप्त हुँदैन, त्यो सपना व्यवहारमा उतार्ने क्षमता र इच्छाशक्ति नेतृत्वमा हुनुपर्छ,’ उनले भने।
Read full story at source (ratopati.com)