भारतीयलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ
onlinekhabar.com · Mon Jun 08 13:44:07 GMT 2026

२५ जेठ, लमही । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर छन् । उनले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाका स्थानीय भएको भन्दै नक्कली सिफारिस दिएर नागरिकता मद्दत गरेको प्रहरीको आरोप छ । सो प्रकरणमा वडाध्यक्ष अहिरसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)