उकालोमा ब्रेक नलाग्दा भीरबाट खस्यो जिप, चालकको निधन
nepalghatana.com · Wed Nov 16 17:42:05 GMT 2022
म्याग्दीको बेनीबाट पर्वतको जलजला जाँदै गरेको ग.१ ज ५२९६ नम्बरको जिप दुर्घटना भएको छ । उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिप चालकको भने निधन भएको छ ।
निधन हुनेमा जलजला २ का ३० वर्षीय डम्मरबहादुर दमाई छन् । प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिपमा सवार १४ यात्रु घाइते भएका छन् ।
Read full story at source (nepalghatana.com)