विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख भन्छन् : सिमानाको ताल फुटे पनि ठुलो क्षति हुँदैन, तर सतर्क रहौँ
khabarhub.com · Thu Aug 27 15:42:23 GMT 2026

काठमाडाैं – बुधबार चीन-नेपाल सीमा क्षेत्रमा गएको भीषण पहिरो र प्राकृतिक बाँध (कृत्रिम ताल) निर्माणको प्रमुख श्रोत बनेको कुराहरू आइरहेका छन् । त्यसकारण अझै तीन दिन त्यस क्षेत्रमा थप जटिलता उत्पन्न हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती अबको विनाश पहिलाको जस्तो भयावह नहुने र त्रासित नबन्न आग्रह गर्छन् । तर सतर्कता अपनाउँदै त्यस क्षेत्रमा खोजी उद्धारमा जुटेका मान्छेहरूले ख्याल गर्नुपर्ने उप्रेतीको भनाइ छ।
उप्रेती नदी किनारका बुधबार प्रभावित क्षेत्रमा जोखिम रहेकाले त्यस क्षेत्रमा ताल फुटेको अवस्थामा क्षति गर्ने विश्लेषण सुनाउँछन्। उनी बुधबार जहाँजहाँ क्षति भयो त्यही त्यही मात्र ताल फुटेमा असर हुने भन्दै चितवनसम्म नै नदी किनारका बस्तीहरूमा सतर्कता अपनाउनुपर्ने जानकारी दिन्छन्। उनी चीनसँग निरन्तर समन्वय र सहकार्य भइरहेकाले अब थप क्षति नहुने विश्लेषण सुनाउँछन्। यसै सन्दर्भमा खबरहबका लागि ज्ञानु घिमिरेले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख डा । धर्मराज उप्रेती सँग गरेको कुराकानी ।
Read full story at source (khabarhub.com)