नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल
ictsamachar.com

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित समयमै सम्पन्न गरिएको भन्दै यसमा कुनै हतार नगरिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आवश्यक जनशक्ति थप गरेर र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा समयमै सार्वजनिक गरिएको उल्लेख गरेका छन् । उनका अनुसार नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइएको हो ।
Read full story at source (ictsamachar.com)