पुलिस र आर्मी जय ट्रफी क्रिकेटको फाइनलमा
Ujyaaloonline.com · Fri Feb 27 12:42:30 GMT 2026
काठमाण्डाै – साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् । आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेका हुन् ।
आज त्रिवि त्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले हरायो । बागमतीले दिएको ८९ रनको लक्ष्य पुलिसले दोस्रो दिनको तेस्रो सत्रमा २ विकेट गुमाएर भेटायो । पुलिसका सोहेल कुँवरले नटआउट ३५ रन बनाए । बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
Read full story at source (Ujyaaloonline.com)