क्युबामा इन्धन संकट गहिरिँदै, अमेरिकालाई जिम्मेवार ठहर
farakdhar.com · Tue Feb 10 16:34:37 GMT 2026

क्युबामा देखिएको गम्भीर इन्धन संकटका लागि रसियाले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पेट्रोलियम आपूर्तिमा आएको अवरोधले क्युबाको सम्पूर्ण अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
उनले अमेरिकाले लागू गरेको आर्थिक घेराबन्दीका कारण क्युबाको अवस्था झन् जटिल बनेको बताए । रसिया क्युबासँग निरन्तर सम्पर्कमा रहँदै कूटनीतिक तथा अन्य माध्यमबाट सहयोगका सम्भावित उपायहरूबारे छलफल गरिरहेको पनि उनले जानकारी दिए ।
Read full story at source (farakdhar.com)