झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
barnanmedia.com · Fri Aug 07 23:50:31 GMT 2026

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली सङ्लन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत २२ गतेपछि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । नयाँ मतदातामध्ये पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला रहेका छन् ।
Read full story at source (barnanmedia.com)