मनीषलाई स्कुलमा गएर पढ्न मन छ
nepalnews.com · Sat Aug 08 00:15:42 GMT 2026

११ वर्षका मनीष सुनार आमानजिकै ह्विलचेयरमा छन्। उनको उज्यालो अनुहारमा मुस्कान अडिएको छ। तर, ‘स्कुल’ को कुरा झिक्नेबित्तिकै त्यो मुस्कान एकाएक फिक्का हुन्छ। उनी केही बोल्दैनन्, बस् टाढा हेर्छन्।
‘स्कुल जान मन लाग्छ?’ भन्नेबित्तिकै उनको आँखा फेरि उज्यालिन्छ। त्यही एउटा प्रश्नले मात्र हो, जसले उनलाई बोल्न बाध्य पार्छ। उनी मुन्टो हल्लाउँछन्, आँखाभरि आशाका किरण दौडाउँदै एक निमेषमै भन्छन्, ‘मलाई स्कुलमै गएर पढ्न मन छ।’
Read full story at source (nepalnews.com)