'पार्वती'को पहिलो दिनको कमाइबाट प्रधानमन्त्री कोषमा ११ लाख बढी सहयोग
setopati.com · Mon Aug 31 13:17:00 GMT 2026

फिल्म 'पार्वती' टिमले भोटेकोशी बाढीपीडितका लागि ११ लाख ३ हजार २७० रूपैयाँ सहयोग गरेको छ। फिल्मको पहिलो दिनको घरेलु बक्सअफिस कमाइबाट निर्माताको भागमा आएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
निर्देशक तथा अभिनेत्री नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा पत्रकार प्रकाश सुवेदीले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम हस्तान्तरण गरेका हुन्।
Read full story at source (setopati.com)