कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर लाग्न चेम्बरको आग्रह
baahrakhari.com · Mon Aug 31 13:25:04 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । चेम्बरले सोमबार विज्ञप्तिमार्फत उक्त अपिल गरेको हो ।
तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजान लगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
Read full story at source (baahrakhari.com)