मल किन्न गएका किसान दाजुभाइ ३८ दिन भारतीय जेलमा बसेर छुटे
kendrabindu.com · Sat Aug 08 00:33:37 GMT 2026

काठमाडौं । मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर आइपुगेका छन् । भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरु नेपाल आइपुगेका हुन् ।
सर्लाहीको बलरा नगरपालिका–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह दाजुभाइ १७ असारमा पक्राउ परेका थिए । उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए । २ बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा राखेर घर फर्किंदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको डुमरास्थित कारागार चलान गरिएको थियो ।
Read full story at source (kendrabindu.com)