बोपारा लगातार तेस्रो सिजन चितवनमा
kendrabindu.com · Sat Aug 08 00:37:49 GMT 2026
काठमाडौं । इंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपाराले लगातार तेस्रो वर्ष चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । चितवनले शुक्रबार समाजिक सञ्जालबाट उनले पुनः खेल्न लागेको जनाएको छ ।
बोपारा एनपीएलका सफल ब्याटरमा पर्छन् । दुई सिजनमा गरी उनले ५ सयभन्दा बढि रन बनाएका छन् । उनले पहिलो सिजनमा ३ अर्धशतकसहित १३५ माथिको स्ट्राइक रेटमा २ सय ८६ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउने सूचीमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था भन्दा ७ रनले मात्र पछाडि थिए ।
Read full story at source (kendrabindu.com)