आठ जनाको ज्यान गएपछि थाइल्यान्डमा कडा बन्दुक नियन्त्रण कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा
ratopati.com · Sat Aug 08 01:09:59 GMT 2026

बैंकक । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्णवीराकुलले बैंककको बाहिरी क्षेत्रमा एक किशोरले गरेको गोलीकाण्डमा आठ जनाको मृत्यु भएपछि बन्दुक नियन्त्रणसम्बन्धी कानुन थप कडा बनाउने घोषणा गरेका छन्।
शुक्रबार भएको घटनामा १४ वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नोनथाबुरीस्थित देब्सिरिन स्कुल पुगेका थिए। त्यहाँ उनले पाँच शिक्षकसहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। पछि एक विद्यार्थीको पनि घाइते अवस्थामै मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणपछि किशोरले आफैंलाई गोली हानेका थिए।
Read full story at source (ratopati.com)