प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकमा काम गर्छन करीब ६९ हजार नेपाली महिला
kendrabindu.com · Sat Aug 08 01:17:04 GMT 2026

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन् । कुवेतको परराष्ट्र मन्त्रालयले दुई साताअघि कुवेतको राजधानी कुवेत सिटीस्थित नेपाली दूतावासलाई पठाएको विवरणअनुसार गत ३० जुनसम्म कुवेतमा कार्यरत नेपाली घरेलु श्रमिकको संख्या ६८ हजार ९ सय थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा १ लाख १५ हजार र सरकारी सेवामा ४ सय २१ जना छन्।
नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेसनद्वारा प्रकाशित तथ्यांकअनुसार कुवेतमा २८ लाख ५ हजार ६ सय ७९ जना विदेशी श्रमिक छन्। जसमा घरेलु श्रमिकको संख्या ८ लाख ८३ हजार ३ सय ८ छ।
Read full story at source (kendrabindu.com)