कानुन अभावले नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ-आयोजना प्रमुख
nepalpress.com · Mon Jun 08 14:16:23 GMT 2026

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा परियोजनाको सञ्चालन मोडालिटी टुङ्गो लगाउन करिब एक वर्ष ढिलाइ भएको आयोजनाका प्रमुख सौजन्य नेपालले बताएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आइतबार सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गर्दै उनले हालको कानुनले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिए पनि निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नभएको बताए ।
Read full story at source (nepalpress.com)