कोलम्बियामा दक्षिणपन्थी नेता दे ला एस्प्रिएलाले लिए राष्ट्रपतिको शपथ
ratopati.com · Sat Aug 08 01:46:23 GMT 2026

कोलम्बिया । दक्षिणपन्थी नेता अबेलार्दो दे ला एस्प्रिएलाले कोलम्बियाको राष्ट्रपतिको शपथ लिएका छन्। पूर्ववर्ती वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई पराजित गर्दै सत्तामा आएका दे ला एस्प्रिएलाको उदयसँगै कोलम्बियाको राजनीति स्पष्ट रूपमा दक्षिणपन्थतर्फ मोडिएको छ।
४८ वर्षीय दे ला एस्प्रिएलाले शुक्रबार राजधानी बोगोटाको सट्टा दक्षिणपश्चिमी सहर कालीमा शपथ लिए। उनले सशस्त्र विद्रोही समूह र लागुऔषध तस्करीविरुद्ध कडा सैन्य कारबाही गर्ने प्रतिबद्धता जनाउँदै वार्ताको विकल्प समाप्त भएको घोषणा गरे।
Read full story at source (ratopati.com)