इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर रहेको दाबी
himalpress.com · Sat Aug 08 01:54:16 GMT 2026

काठमाडौँ- इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन्। च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्टअनुसार, खामेनी ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको कुरा शासनका उच्चतम तहमा व्यापक रूपमा फैलिरहेको छ।
च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले भनेको छ, ‘हामी चाँडै उनको शहादतको समाचार सुनेर अचम्मित हुने छैनौँ।’
Read full story at source (himalpress.com)