बाढीपीडितका लागि वीरगन्ज उद्योग वाणिज्य संघले दियो १५ लाख
annapurnapost.com · Mon Aug 31 13:24:41 GMT 2026

वीरगन्ज : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनः स्थापनाका लागि वीरगन्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।
संघले सोमबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण रसुवाको स्याप्रुबेसी, टिमुरे तथा नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संघले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
Read full story at source (annapurnapost.com)