सरकारविरुद्ध संसदमा रास्वपा सांसदको घेराबन्दी, ‘बुट बजारेर शान्ति नहुने’ भनाई
kendrabindu.com · Sat Aug 08 02:20:53 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षको विवादको प्रभाव संसद र सडकमा देखिन थालेको छ । रास्वपाका सांसदहरूले नै जनजीविकाको मुद्दामा सरकारविरुद्ध संसद र सडकमा प्रश्न उठाउन थालेपछि पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार घेराबन्दीमा पर्न थालेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको शासनशैली र कार्यक्षमतामाथि रास्वपा सांसदहरूले प्रश्न उठाएका हुन्। यसलाई रास्वपामा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ। रास्वपाका निवर्तमान प्रवक्ता समेत रहेका सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारको ढंग नपुगेको बताए।
Read full story at source (kendrabindu.com)