बक्सिङको एसियाड तयारी गुवाहाटीमा
kendrabindu.com · Sat Aug 08 02:29:20 GMT 2026
काठमाडौ । बक्सिङले २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार गुवाहाटी जानेछ।
जापानको आइची/नागोयामा ३ असोजदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालका ४ पुरुष र ३ महिला बक्सरले प्रतिस्पर्धा गर्ने छन्। पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्।
Read full story at source (kendrabindu.com)