अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत : कुलमान
nagariknews.nagariknetwork.com · Sat Aug 08 02:31:37 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनतासँग प्रत्यक्ष जोडिएका अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत भएको बताएका छन्।
शनिबार सामाजपक सञ्जालमार्फत घिसिङले सरकारले कृषकको सिँचाइ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएको जिकिर गर्दै यस्तो बताएका हुन्। 'सरकारले कृषकको सिँचाइ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ,' उनले लेखेकाछन्, 'हामीले सिँचाइको महसुल डिमाण्ड चार्ज छुट गरेर ७ रुपैयाँबाट करिब २ रुपैयाँ प्रतियुनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रुपैयाँबाट करिब ४ रुपैयाँ २० पैसा प्रतियुनिट कायम गरेका थियौं।'
Read full story at source (nagariknews.nagariknetwork.com)