साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर
khabarhub.com · Sat Aug 08 03:10:57 GMT 2026

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र पाकिस्तानबीच त्रिदेशीय सामूहिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । साउदी अरेबियाको पवित्र सहर मक्कामा आयोजित शिखर सम्मेलनमा तीन देशका प्रमुखहरूले हस्ताक्षर गरेको उक्त सम्झौता अनुसार कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई बाँकी दुवै देशमाथिको आक्रमण मानिनेछ ।
सम्झौतामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रसेप तइप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हस्ताक्षर गरेका छन् । सम्झौताले तीनै देशको सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्य राखेको बताइएको छ। साउदी अरब, पाकिस्तान र टर्कीबीचको यो सम्झौता करिब एक वर्ष लामो वार्तापछि भएको हो ।
Read full story at source (khabarhub.com)