शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न
ratopati.com · Sat Aug 08 03:20:52 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिशनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले आयोजित दुईदिने नीति कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ ।
‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नति: मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशाला सिंहदरबारस्थित मन्त्रालयमा सुरु भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहेको छ ।
Read full story at source (ratopati.com)