हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने
kendrabindu.com · Sat Aug 08 03:39:52 GMT 2026
काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ ।
बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए । पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा बताए ।
Read full story at source (kendrabindu.com)