एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
barnanmedia.com · Mon Aug 31 13:35:46 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ।संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), बाट संकलित रकममध्ये संघले पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।
राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनएसँग सहकार्य गर्छौं : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनए सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रुपमा गरेको राहत वितरण सहित रु. ५ करोड सहयोग गर्ने भनी गरेको प्रतिबद्धताप्रति सरकारका तर्फबाट धन्यवाद दिँदै उहाँले राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गरिने बताउनुभएको हो ।
Read full story at source (barnanmedia.com)