कालीकोटको पलाता अस्पतालमा चिकित्सकसहित ६ जना कुटिए
kendrabindu.com · Sat Aug 08 03:52:24 GMT 2026

कालीकोट । कालीकोटको पलाता गाउँपालिका–९ थिर्पूस्थित पलाता अस्पतालमा कार्यरत चिकित्सकसहित ६ जनालाई स्थानीयले कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार दिउँसो दुई बालकले अस्पताल परिसरमा भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब भएपछि सम्झाउने क्रममा विवाद भएको र त्यसले उग्र रूप लिँदा चिकित्सकसहित तीन जना कुटिएका थिए। राति सोही समूहले अस्पतालमा तोडफोड गर्दै थप तीन जनामाथि आक्रमण गरेको अस्पताल व्यवस्थापक जन्मऋषि न्यौपानेले बताए।
Read full story at source (kendrabindu.com)