सरकारविरुद्ध खनिए रास्वपाकै सांसद
annapurnapost.com · Sat Aug 08 04:00:19 GMT 2026

काठमाडौं : सत्तासीन रास्वपाका सांसदहरूले जनजीविकाका सबालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकारविरुद्ध संसद्मै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए।
रास्वपा सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताए। उनले भने, ‘सरकार सञ्चालन गर्न कताकता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ।’ रास्वपाका निवर्तमान प्रवक्तासमेत रहेका झाले प्रधानमन्त्री वालेन्द्र शाहप्रति तिखो कटाक्ष पनि गरे। ‘हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवत : कालो चस्मा पनि हटाउनुपर्छ। त्यो पनि आवश्यक छ,’ उनले भने। उनले सुनसरी घटना मत्थरमात्रै भएको बताउँदै समस्याको मूल कारण अझै बाँकी रहेको बताए। उनले थपे, ‘सुनसरी घटनामा जसोतसो आगो निभाउन सक्यौं। तर, आगो निभेको हो, दाउरा निभेको छैन।’
Read full story at source (annapurnapost.com)