जयकुमारनाथ शाह क्ररिके अपी र केएमसी क्वार्टरफाइनलमा
setopati.com · Thu Jun 04 16:33:00 GMT 2026
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत सम्पन्न खेलमा अपी स्कुल र केएमसी स्कुलले लगातार दोस्रो जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। साथै संस्कृति, विज्डम र अक्षरिका स्कुलले पनि जित दर्ता गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा केएमसी स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ६२ रनले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा प्रवेश गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको केएमसीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनायो। बिदान सपकोटाले ५५ बलमा १०५ रनको शतकीय इनिङ्स खेले भने अवियनराज यादवले २४ रनको योगदान दिए।
Read full story at source (setopati.com)