न्याय परिषद्ले गर्यो उच्च अदालतका ४ जना न्यायाधीशको सरुवा
annapurnapost.com · Sat Aug 08 04:10:21 GMT 2026

काठमाडौं : न्याय परिषद्ले उच्च अदालतका ४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिए ।
उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, न्यायाधीश दलबहादुर के.सी.लाई उच्च अदालत तुलसीपुर, नेपालगंजमा सरुवा सिफारिस भएको हो।
Read full story at source (annapurnapost.com)