धर्मको राजनीतिक प्रयोगहरूमाथि निगरानी बढाउन ढिलाइ गर्नुहुँदैन
nepalpress.com · Sat Aug 08 04:19:52 GMT 2026

साउन १० गते सुनसरी जिल्लाको देवानगञ्जमा भएको धार्मिक घटना र त्यसको फैलावटपश्चात् ४ जना युवाहरूको ज्यान गइसकेको छ । १० गते राती दश जना युवामाथि गोली चलाइँदा देवानगञ्जबाट दक्षिणी मैदानमा त्यसका बाछिटाहरू फैलिँदै जाँदा सप्तरी, सिरहा, धनुषाका दर्जनौँ सर्वसाधारण व्यापारीहरूले ठूलो धनजनको क्षतिको सामना गर्नु पर्यो जुनकी एकदमै दु:खद् अवस्था हो ।
१० गते राती देवानगञ्जमा युवाहरूको ढाड माथि ‘टार्गेटेड फायरिङ्ग’ कसले गर्यो ? यी प्रश्नहरूको जवाफ सङ्घीय सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउञ्जेल अनुत्तरित नै रहने भयो । दुई दिनसम्म सुनसरीको दक्षिणी भागहरूमा लगाइएको कर्फ्यु अवज्ञा पश्चात् नेपाली सेना परिचालन गर्दा पनि स्थानीयहरूको विरोध प्रदर्शन रोकिएन । सुनसरी, सिरहा, धनुषालगायतका जिल्लाहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरीलगायतका सुरक्षा संयन्त्रहरूको बलियो उपस्थितिकाबीच मधेश अशान्त रहिरह्यो । सिरहाको गोलबजारमा नेपाली सेना सहितको गस्ती भइरहँदा पनि प्रहरीको गोली लागि नाहकमा एक जना युवाको हत्या हुन गयो । कप्तानगञ्जमा त अहिले पनि अवस्था साम्य भइसकेको रहेनछ ।
Read full story at source (nepalpress.com)