डाक्टर- नर्समाथि कुटपिटपछि राति फेरि अस्पतालमै हमला, पलाँतामा स्वास्थ्यकर्मी असुरक्षित
kalakarmi.com · Sat Aug 08 04:01:32 GMT 2026

काठमाडौं- कालीकोटको पलाँता अस्पतालमा शुक्रवार स्वास्थ्यकर्मीमाथि दुई पटक आक्रमण भएको छ । दिउँसो मेडिकल अफिसर र स्टाफ नर्समाथि कुटपिट भएको केही घण्टामै राति पुनः अस्पताल प्रवेश गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, कुटपिट र तोडफोड गरिएको हो ।
पलाँता गाउँपालिका-९, थिर्पुस्थित पलाँता अस्पतालमा शुक्रबार दिउँसो मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको थियो। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयलाई लिएर उनीहरूमाथि कुटपिट भएको बताइएको छ ।
Read full story at source (kalakarmi.com)