एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण
baahrakhari.com · Mon Aug 31 13:47:34 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), बाट संकलित रकममध्ये संघले पहिलो चरणमा एक करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।
Read full story at source (baahrakhari.com)