‘पेन्सन पट्टा’को टिजरमा लाहुरे समाजको कथा
ratopati.com · Sat Aug 08 04:42:27 GMT 2026

काठमाडौँ । माओत्से गुरुङको निर्देशन रहेकाे फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनिल थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको अभिनय छ। फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।
Read full story at source (ratopati.com)