हरमीत सिंह जनकपुर बोल्ट्समा अनुबन्ध
ratopati.com · Sat Aug 08 04:49:19 GMT 2026
जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले आफ्नो टोलीमा विदेशी खेलाडीको रूपमा हरमीत सिंहलाई अनुबन्ध गरेको छ। टोलीले आधिकारिक सामाजिक सञ्जालमार्फत उनको आगमनको औपचारिक घोषणा गरेको हो।
जनकपुर बोल्ट्सले आफ्ना समर्थकलाई सम्बोधन गर्दै हरमीतको आगमनले टोलीमा नयाँ उत्साह थपिएको बताएको छ। "पर्खाइ समाप्त भएको छ, हरमीत सिंह अब जनकपुरलाई उज्यालो बनाउन यहाँ आइपुगेका छन्," क्लबले पोस्टमा उल्लेख गरेको छ।
Read full story at source (ratopati.com)