घर फर्काइँदै ३० वर्षदेखि सगरमाथामा जमेका ‘ग्रीन बुट्स’लाई
nepalviews.com · Sat Aug 08 04:54:18 GMT 2026

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा तीन दशकदेखि हिउँमुनि जमेका ‘ग्रीन बुट्स’ भनेर चिनिने शवलाई भारतले अन्ततः घर फर्काउने तयारी थालेको छ । यसका लागि भारतले विशेष उच्च हिमाली उद्धार टोलीको खोजी सुरु गरेको छ ।
‘ग्रीन बुट्स’ सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मोरुपको शव भएको विश्वास गरिएको छ । करिब ३० वर्षदेखि ८,५०० मिटर उचाइमा चट्टानमुनि रहेको उक्त शव आरोहीहरूका लागि एउटा चिनिने स्थल बनेको थियो ।
Read full story at source (nepalviews.com)