यी ५ राष्ट्रिय उद्योगमा सकरात्मक परिणाम देखाएको भन्दै प्रधानमन्त्रीले सार्वजनिक गरे तथ्यांक
himalpress.com · Sat Aug 08 05:12:26 GMT 2026

काठमाडौँ- सरकारले अपेक्षित काम गरेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले केही संस्थामा आशा देखिने काम भएको दाबी गरेका छन्। सामाजिक सन्जालमार्फत बालेनले विगतमा बन्द रहेका वा घाटामा रहेका उद्योग पनि सकारात्मक प्रतिफल दिनेतिर लागेको दाबी छ।
‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान्रु धेरैको मनमा यो शंका र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन’, उनले लेखेका छन्, ‘तर जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।’
Read full story at source (himalpress.com)