मुलुक गम्भीर सङ्कटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङदेन
ratopati.com · Sat Aug 08 05:42:25 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताएका छन् ।
राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पङ्क्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)