एक वर्षमा आन्दोलनका घटना बढे, सवारी आगजनी मात्रै १ हजार ६९६
nagariknews.nagariknetwork.com · Sat Aug 08 05:29:34 GMT 2026

नेपालमा आर्थिक वर्ष २०८२/८३ मा आन्दोलन, विरोध तथा प्रदर्शनका घटना उल्लेख्य रूपमा बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा ४ हजार ८८४ वटा विरोध तथा प्रदर्शनका घटना भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ७ हजार ५७८ पुगेको छ। गत आर्थिक वर्षमा २ हजार ७०७ वटा विरोध र्याली, २ हजार १९ वटा धर्ना, ३६८ वटा तालाबन्दी, १७३ वटा बाटो अवरोध र ४५८ वटा अनशन भएका छन्। सबैभन्दा उल्लेख्य तथ्य सवारी आगजनीको हो । एक वर्षमा १ हजार ६९६ वटा सवारी आगजनीका घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)