युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब
rajdhanidaily.com · Sat Aug 08 06:10:53 GMT 2026

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ ।
अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा सुरु भएको प्रदर्शन नयाँ दिल्लीबाट विभिन्न सहरमा फैलिएको थियो । परीक्षा अनियमितताविरुद्ध सुरु भएको आन्दोलन पछि बेरोजगारी, युवाका लागि रोजगारी तथा अवसरको कमी र सरकारको बढ्दो नियन्त्रणकारी शैलीप्रतिको असन्तुष्टिसम्म विस्तार भएको थियो ।
Read full story at source (rajdhanidaily.com)