‘रुसः सम्बन्धका पाटाहरू’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Sat Aug 08 05:55:56 GMT 2026

ई. रामविन्दु श्रेष्ठकाे ‘ नेपाल रुसः सम्बन्धका पाटाहरू’ कृति सार्वजनिक भएको छ। नेपाल रुस साहित्य समाज र रुसी सदन काठमाडाैंबाट आयोजित कार्यक्रममा प्रमुख अतिथि रुसी दुतावासका मिनिस्टर काउन्सेलर, पूर्वराजदूत मिलनराज तुलाधर, नेपाल भाषा एकेडेमीका चान्सलर कृष्ण मल्ल के सुन्दर, रुसी सदनकी निर्देशक अनास्तासिया भ्यालेन्टिनोभ्ना खोख्लोभा, पूर्व राजदूत परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेपाल रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंह, उपाध्यक्ष दाजु इ. चन्द्रकान्त आचार्य र लेखक रामविन्दु श्रेष्ठले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए।
नेपाल रुस सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवमा समर्पित उक्त पुस्तकले सदिऔंदेखिका दुई देशबीचका कुटनैतिक, आर्थिक, सांस्कृतिक, साहित्यिक र सभ्यताको आदानप्रदान आदि झल्काउने कोसिस गरेको वक्ताहरूको राय थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)